काठमाडौं । चन्द्रागिरि हिल्सलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिराएको छ । विभागले असार २० गते गरेको अनुगमनका क्रममा म्याद नाघेका खाद्य पदार्थ विक्री वितरण गरेको पाईएपछि हिल्सलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

हिल्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर र सोहि ऐनको दफा ३९ को १ (ख) बमोजिम उक्त रकम जरिवाना तिराएको विभागले जनाएको हो ।

चन्द्रागिर हिल्समा विभिन्न समयमा उपभोक्ताहरुले खाद्य सामग्रीमा मनोमानी रकम असुली गरिरहेको र खाद्य गुणस्तरमा पनि लापरवाही गरिरहेको गुनासो गरिरहेका थिए । तर, हिल्सलाई अहिलेसम्म कुनै पनि निकायले कारवाही गरेको थिएन । यसपटक विभागले स्थलगत अनुगमनमै म्याद गुज्रिएका खाद्य सामग्री भेटेपछि कारवाही गरेको हो । अनुगमनका क्रममा विभागले अबका दिनमा त्यस्ता म्याद गुज्रिएका सामग्री विक्री वितरण नगर्न चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय