काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ ले लैंगिक हिंसा तथा लागू औषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम गरेको छ ।

लैंगिक हिंसा तथा लागू औषध दुव्र्यसनविरुद्धको एक दिने सचेतना कार्यक्रम थानकोट प्रहरी वृत्तकी प्रहरी नायब उपरीक्षक (डिएसपी) एलिजा गिरीले जीवनमा सफल हुन चार कुरालाई कहिल्यै भुल्नै नहुने बताउनु भयो । उहाँले जीवन, समय, भविष्य र स्वतन्त्रतालाई ध्यानमा राखे जीवनमा कहिल्यै पछि फर्केर हेर्नुपर्ने अवस्था नआउने दाबी गर्नुभयो । गिरी भन्नुहुन्छ, ‘साथी धेरै हुन्छन् तर, नजिकको साथी आमा–बुबा भन्दा कोही हुन सक्दैनन्, हामीलाई सधै प्रेरणा र हौसला दिन र सहि मार्गको दिशानिर्देश गर्छन् ।’

प्रहरी नायब उपरीक्षक गिरीले गएको समय कहिल्यै फर्केर नआउने हुँदा जीवनमा कहिल्यै लागू औषधमा नफस्न र त्यस्ता व्यक्तिहरुको जीवन नै जेलमा वित्ने हुँदा स्वतन्त्रता खोसिने पनि बताउनु भयो । उहाँले घर वरपर यदि त्यस्तो कुनै शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी चौकी वा १०० मा फोन गरेर जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

चन्द्रागिरि नगरपालिका वडा ११ का वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठले देशमा वातावरण दिवस मनाइ रहँदा आफ्नो वडाले समाजलाई स्वच्छ बनाउने उद्देश्यले वडामा लैंगिक हिंसा तथा लागू औषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम संचालन गरेको बताउनु भयो । उहाँले फोहोरले मात्र वातावरण प्रदुषण हुने भन्ने हाम्रो सोच लगत भएको भन्दै सबै भन्दा ठूलो वातावरण प्रदुषण भनेकै लागूऔषधदुर्व्यसन रहेको उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले हाम्रो घरवरपर र छरछिमेक लागूऔषध दुर्व्यसनरहित भएमा वातावरण दिवस मनाउनको मज्जा पनि बेग्लै हुने दाबी गर्नुभयो । उहाँले अबिभावकलाई आफ्नो बच्चाको आनीबानी, साथी संगत, घर आउने र जाने समयको ख्याल राख्न पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय