काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ३ मा रहेको आयाम बचत तथा ऋण सहकारी संस्थाले नयाँ सञ्चालक समिति चयन गरेको छ । ७ सदस्यीय नयाँ सञ्चालक समितिको अध्यक्षमा राममान गोपाली, उपाध्यक्षमा रमेश गोपाली, सचिवमा रमेश कुमार पुर्कोटी, कोषाध्यक्षद्वयमा अन्जु लामा र ईन्द्रभक्त गोपाली निर्वाचन भएका हुन् । यस्तै सञ्चालक समिति सदस्यमा सुनिता श्रेष्ठ र विनय महर्जन चयन भएका छन् ।

संचालक समिति र लेखा सुपरिवेक्षण समितिमा एक एकजना मात्र उम्मेदवारी परेकाले सबैलाई निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन कमिटीले जानकारी दिएको छ । संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजकमा बुद्धि बहादुर शाही र सदस्यमा रन्जु श्रेष्ठ र आशा गोपाली चयन भएका छन् । निर्विरोध निर्वाचित संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको घोषणा संस्थाको यही भदौ १४ गते हुने साधारण सभामा जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय