काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ स्थित महालक्ष्मी मन्दिरमा क्षमा पूजा गरिएको छ ।चन्द्रागिरि हिल्सको समायोजनमा हिल्सका प्रतिनिधि, वडा प्रतिनिधि र स्थानीयको सहभागितामा क्षमा पूजा गरिएको हो । प्राविधिक रुपमा सही रहेको दाबी गरिरहेको चन्द्रागिरि केबल कारले सञ्चालनमा कुनै बाधा व्यवधान नहोस् भन्ने हेतु क्षमा पूजा गरेको हो । चन्द्रागिरिस्थित भालेश्वर महादेव र थानकोट–४ स्थित महालक्ष्मीको छुट्टै विशेष संयोजन रहेको बताइएको छ ।

क्षमा पूजामा सहभागी चन्द्रागिरि–४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले प्राचिन महालक्ष्मी मन्दिरको छुट्टै अस्तित्व र पहिचान रहेको उल्लेख गर्नुभयो । उहाँले महालक्ष्मी मन्दिरलाई आगामी आर्थिक वर्षमा छुट्टै बजेट व्यवस्थापन गरी धार्मिक तथा पर्यटकीय हिसाबले प्रचार प्रसार गर्ने बताउनुभयो । स्थानीयले पनि महालक्ष्मी देवीको महत्व र विशेषताबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय