काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ ले आर्थिक वर्ष २०८२-०८३ को लागि योजना संकलनलाई तीब्रता दिएको छ । मिति २०८२ बैशाख १६ गते वडाले बैशाख २० गते देखि २२ गतेसम्म योजना संकलन गर्ने भनि सूचना जारी गरेको थियो ।




वडाले सोही सूचनाको आधारमा बैशाख २० गते तिसान यातायात मार्ग (यातायात चौर), २१ गते हाईभिजन चोक, बाणस्थली (आकाश टोल, बाणस्थली, महिमा आवास, कुमारी टोल र भुजिङखेल टोल) र २२ गते किसिपिडी लाछी टोल (राधाकृष्ण जाखल) मा योजना संकलन गरेको थियो ।

वडा अध्यक्ष राजेन्द्र महर्जनले टोलटोलमा पुगेर योजना संकलन गरेको र छुटफुट भएमा चाडै नै वडामा आएर आफ्ना योजना टिपाउन पनि आग्रह गर्नुभएको छ ।





