काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा आर्थिक वर्ष २०८२÷०८३ का योजनाहरु कार्यान्वयनमा आउन थालेका छन् । बजेट विनियोजन भएका योजनाहरु सम्झौता भई अहिले तीब्र गतिमा काम भइरहेका छन् । हाल चन्द्रागिरि वडा नं. ५ को तिसान यातायात मार्गमा ह्युम पाइप राख्ने काम भइरहेको छ । कूल साढे नौ लाख रुपैयाँ बजेटको योजनाअन्तर्गत १९० मिटरमा हालसम्म ३०० मिटर पाइप राखिसकिएको वडा अध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले वडामा भइरहेका विकास निर्माणका काममा अहिले आफूले प्रत्यक्ष अनुगमन र निरिक्षण गरिरहेको पनि जानकारी दिनुभएको छ ।
वडा नं. ५ मै अर्को योजनाको काम पनि अहिले धमाधम भइरहेको छ । राधाकृष्ण टोल उमामहेश्वर मन्दिरमा रहेको पहिरो नियन्त्रणमा पनि वडाले बजेट विनियोजन गरी काम गरिरहेको छ । १५ लाख रुपैयाँबाट अहिले काम भइरहेको वडा अध्यक्ष महर्जनले बताउनु भयो । सो स्थानमा किसिपिडि कवर्डहल निर्माण गर्ने क्रममा पहिरो गएपछि निर्माण कार्य रोकिएको थियो । आज वडा अध्यक्ष महर्जनले दुबै स्थानमा अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।






