काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ बाट कौडा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी बृत्त थानकोटले सरिता गिरीको घरमा कौडा खेलिरहेको अवस्थामा ५ जना पुरुष र १ जना महिलालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जुवा खालबाट १६ थान कौडासहित १ लाख ७२ हजार ५० रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार कौडाको खालबाट ४२ हजार ५ सय ५० रुपैयाँ र बाँकी खानतलासी गर्दा व्यक्तिको साथबाट १ लाख २९ हजार ५ सय रुपैयाँ भेटिएको जनाएको छ ।

प्रहरी बृत्त थानकोटले चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ का ४४ वर्षीया घरधनी सरिता गिरी, मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर १२ घर भई चन्द्रागिरि ३ बस्ने ३२ वर्षका राजु लामा, धादिङ गल्छी गाउँपालिका वडा ४ घर भई चन्द्रागिरि ३ बस्ने ३६ वर्षीय नारायण अधिकारी, धादिङ धुनिवेशी नगरपालिका ६ घर भई हाल चन्द्रागिरि ६ बस्ने ३१ वर्षीय मिलन तामाङ, चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीय शनि खड्का र मकवानपुर जिल्ला थाहा नगरपालिका १२ घर भएका २७ वर्षीय सम्राट स्याङ्तानलाई नियन्त्रणमा लिएको छ । राजु लामाको साथबाट २ हजार रुपैयाँ, नारायण अधिकारीको साथबाट १ हजार रुपैयाँ, मिलन तामाङको साथबाट १ लाख १० हजार ५ सय रुपैयाँ र सम्राट स्याङ्तानको साथबाट १६ हजार रुपैयाँ बरामद गरेको छ भने दुई जना सरिता गिरी र शनि खड्काको साथबाट नगद रकम नभेटिएको प्रहरीले जनाएको छ ।

आज दिउँसो सरिता गिरीको घरमा पैसाको हारजित हुनेगरी सट्टेबाजी कौडा खेलाई रहेको भन्ने सूचना पाएपछि प्रहरी बृत्त थानकोटबाट प्रहरी टोली खटी चेकजाँच गर्दा बन्द कोठा भित्र कौडा खेलिरहेको अवस्थामा रंगेहात भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु ६ जनालाई आवश्यक कारवाहीको लागि प्रकृया अघि बढाई सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय