काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र ७ ले संयुक्त रुपमा आयोजना गरेको झिलिमिली हाट बजार आजबाट सुरु भएको छ । नगरप्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठ तथा वडा नं ६ का अध्यक्ष सञ्जय सिग्देल र वडा नं. ७ का अध्यक्ष शम्भुकुमार केसीले संयुक्त रुपमा हाट बजारको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गिरीले यस्तो प्रकारको हाट बजार चन्द्रागिरि नगरपालिकामै पहिलो भएको र यसले स्थानीय उत्पादनलाई विक्री तथा प्रवद्र्धनमा सघाउन पुग्ने बताउनु भयो । साथै उहाँले यस्ता कार्यक्रमलाई नगरपालिकाको सदैव साथ रहने पनि बताउनु भयो ।


हाट बजारमा दीपावली, नेपाल सम्वत तथा छठ पर्वका लागि चाहिने स्थानीय स्तरमा उत्पादित वस्तु तथा सामग्री राखिएको छ । हाटबजार सञ्चालन रहेको स्थल चेकपोष्ट चोकदेखि वडा कार्यालयसम्मको सडक अवरोध हुने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न समितिले आग्रह गरेको छ । तीन दिन चल्ने झिलिमिली हाट बजार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ भने करिव एक करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय