काठमाडौं । हिन्दू धर्मावलम्बीहरूमाझ प्रचलित स्वस्थानी व्रत कथा अनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजित एक महिने स्वस्थानी साँगे कार्यक्रम चन्द्रागिरि नगरपालिका–७ स्थित गौचरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

स्थानिय धार्मिक–साँस्कृतिक संस्था “वनदेवी गौचरण खैजडी भजन समूह” ले व्रत अवधिभर स्वस्थानी व्रत कथा वाचन तथा खैजेडी भजन कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रममा समूहका अध्यक्ष श्यामकुमार केसीका अनुसार हरेक दिन दिउँसो ३ बजेदेखि कथा वाचन शुरू भई पण्डित बालकृष्ण ढकालबाट कथा वाचन गरिएको थियो । कथासँगै खैजेडी भजन तथा धार्मिक गीत गायन पनि नियमित रूपमा गरिएको थियो ।

कार्यक्रमका सहभागी तथा स्थानीय भजन समूहका सदस्यहरूले स्वास्थ्य, शान्ति र सामाजिक कल्याणका लागि स्वस्थानी व्रतको महत्वबारे चर्चा गरे । सामाजिक र साँस्कृतिक एकता बढाउने उद्देश्यले कथा वाचन र भजन कार्यक्रम हुनुले समुदायमा उत्साह थपिएको स्थानियहरूले बताए ।

कार्यक्रम परम्परागत धार्मिक संस्कार र धार्मिक भावनालाई जीवित राख्ने भित्री प्रयासको रूपमा लिइएको थियो र स्थानीय बासिन्दा तथा श्रद्धालुहरूले यसलाई ठूलो उत्साहका साथ मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय