काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित त्रिवेणी घाटमा विशेष मेला लागेको छ । धर्म संस्कृति जर्गेना गरौं, त्रिवेणीमा स्नान गरौं, त्रिवेणी जाऔं, पुण्य कमाऔं भन्ने नाराका साथ हरेक वर्ष कात्तिक पूर्णिमाको दिन त्रिवेणी घाटमा विशेष मेला लाग्ने गरेको छ ।
त्रिवेणी धर्म संघ चनपा–७ बाणस्थलीले आयोजना गरेको कार्यक्रम विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म त्रिवेणी धाम, भस्मेश्वर महादेव मन्दिर, प्राङगणमा हुनेछ । मेलामा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, कार्यपालिका सदस्यहरु, विभिन्न वडा अध्यक्ष, सदस्य, भक्तजन, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । संघले त्रिवेणीमा भएको विशेष कार्यक्रममा सहभागि हुनुका साथै त्रिवेणी घाटमा भक्तजनहरुलाई स्नान गरेर पुण्यकमाउन पनि आग्रह गरेको छ ।



खैजडी बाजा, स्थानीय महिलाहरुले पञ्चैबाजालगायतका विभिन्न बाजागाजा बजाएर मेलामा रौनक थपेका थिए ।



