काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ मा एक दिने तनाव विसर्जन कार्यक्रम गरिएको छ । हाईभिजन महिला समूहको आयोजना र चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ को सहकार्यमा हाईभिजन कोलोनी समाज ५ र ७ का सदस्यहरुलाई तनाव विसर्जन कार्यक्रम प्रदान गरिएको हो ।

योग तथा जुम्बा हल हाईभिजनको हलमा भएको कार्यक्रममा वडा नम्बर ७ का कार्यबहाक वडाअध्यक्ष उमाकुमारी थापाले मानव जीवन सदैव केही न केही तनाव आइरहने र त्यसलाई न्यूकरण गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले प्रत्येक दिन विहान उठेदेखि सुरु हुने तनावले जिन्दगी नै समाप्त पार्ने सोचसम्म हुँदा थकान र तनाबलाई जतिसक्दो कम गर्न सुझाव दिनुभयो । कार्यबहाक अध्यक्ष थापाले निरन्तरको काम, थकान र टेन्सन न्यूनिकरणका लागि तनाव विर्सजन कार्यक्रमले केही टेवा पुग्ने विश्वास समेत गर्नुभयो ।

त्यस्तै वडा सदस्य भुवन कुमार केसीले आफुले गरेको कुनै पनि कामलाई टेन्सनको रुपमा नलिई आनन्द र मजाको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले यदी कुनै पनि काम गर्दा आनन्द लिएर गरेमा त्यसले हाम्रो जीवनको आदि टेन्सन दुर गर्ने उल्लेख गर्नुभयो । केसीले यस्तो किसिमको कार्यक्रम वडामा मात्र नभई नगरमै पहिलो भएको पनि दाबी गर्नुभयो ।

कार्यक्रममा हाईभिजन महिला समूहका अध्यक्ष चित्रकला भट्टचनले वडाले दिएको १ लाख रुपैयाँबाट १ दिने तनाव विर्सजन कार्यक्रम संचालन भईरहेको भन्दै बाँकी रहने रकमबाट समूहमा आवश्यक सामान खरिद गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा हाईभिजन समाजका अध्यक्ष ताराबहादुर केसी, समाजका बुद्धिजिवि वर्ग, समासजका सदस्य, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय