काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं १० का नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुगेर जेष्ठ नागरिकहरूसँग भेटघाट गर्दै आशिर्वाद लिएका छन् ।
चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रममा रहेका कार्कीले भेटका क्रममा कार्कीले जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था, सामाजिक सुरक्षा भत्ता, तथा उनीहरूले भोगिरहेका समस्या र अनुभवबारे चासोपूर्वक सुनेका थिए । उनले जेष्ठ नागरिकको सम्मान र संरक्षण राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै आफू निर्वाचित भए जेष्ठ नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।



कार्यक्रममा जेष्ठ नागरिकहरूले कार्कीलाई सफलताको शुभकामना दिँदै जनप्रतिनिधिले जनताको भावनालाई समेटेर काम गर्नुपर्ने सुझाव दिएका थिए । सो अवसरमा स्थानीय बासिन्दा तथा पार्टी कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।



