काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि अभियान अन्तर्गत प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले वडा नं. ७ ले आज (शनिबार) सरसफाई गरेको हो । वडा कार्यालयबाट सुरु गरिएको सरसफाई अकलादेवी मन्दिर, प्रभात मा.वि. सम्म सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा वडा नं. ७ का कार्यबाहक अध्यक्ष भुवन कुमार केसीले सरसफाई वडाको दायित्व भएको बताउँदै आफ्नो वडालाई सफा र सुन्दर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जथाभावी खोलामा फोहोर फालिदिंदा वडाको शौन्र्दयतामा आँच आउने भएकोले आफ्नो घरवरपरको फोहोर तोकिएको स्थानमा व्यवस्थापन गर्न वडावासीलाई आग्रह पनि गर्नुभयो । उहाँले फोहोरका कारण गर्मीको मौसममा विभिन्न प्रकारका रोग फैलन सक्ने बताउँदै आफ्नो घर वरपर, गाउँ टोल, वस्ती सफा राख्नुपर्नेमा जोड समेत दिनुभयो ।

 

वडा सदस्य उमा कुमारी थापाले आफ्नो गाउँ, टोल, वडा सफा गर्न आफैं लाग्नुपर्ने बताउँदै वडावासीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले वडालाई सुन्दर बनाउन हातेमालो गरी अघि बढ्न वडावासीलाई आह्वान गर्नुभयो । उहाँले वडामा सरसफाईका सामग्रीहरु नहुँदा सरसफाई अभियानमा समस्या भइरहेको गुनासो गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य रामशरण महतले अरुको मुख ताक्नुभन्दा आफ्नो वडा आफैं मिलेर सफाइ गरेको जानकारी दिनुभयो । यसैगरी वडा सदस्य पूर्णकुमारी बयलकोटीले सरसफाइ अभियान अब हप्तामा एक दिन सञ्चालन गर्ने बताउनुभयो ।

सरसफाईमा वडा नं. ७ का जनप्रतिनिधि, वडावासी, नेपाली सेना, फ्रेण्डस् सोसियल युनिटि, विभिन्न संघसंस्थालगायत समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय