काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका–तिनथानास्थित ऐतिहासिक विष्णुदेवी मन्दिर क्षेत्र वरपर सरसफाइ गरिएको छ। धार्मिक स्थलको स्वच्छता कायम गर्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं युनिटी सर्कलका सदस्यहरू सरसफाइ अभियानमा जुटेका हुन्।

अभियानका क्रममा मन्दिर परिसर, आसपासका क्षेत्र र सार्वजनिक स्थानमा रहेको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो। क्लबका सदस्यहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै वातावरण स्वच्छ राख्न समुदायस्तरबाट निरन्तर पहल आवश्यक रहेको बताएका छन्।

स्थानीयका अनुसार विष्णुदेवी मन्दिर तिनथाना क्षेत्रको महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित छ। यहाँ नियमित रूपमा भक्तजनको आवतजावत हुने भएकाले सरसफाइ र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। लायन्स क्लब अफ काठमाडौं युनिटी सर्कलले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, सरसफाइ तथा समुदाय सेवासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय