काठमाडौं । चन्द्रागिरि हिल्स प्रा.लि. द्वारा चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकाको सीमा नजिकको चन्द्रागिरि भञ्ज्याङ्ग हुँदै प्रसिद्ध भालेश्वर मन्दिर जाने प्राचीन पदमार्गमा प्रत्येक पैदल यात्रीबाट १ सय रुपैयाँ शुल्क असुलेको विषयमा चौतर्फी विरोध भएको छ । यो शुल्क उठाउने कार्यमा थाहा नगरपालिका वडा नं ९ कार्यालयले गम्भीर आपत्ति जनाउँदै उक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न निर्देशन जारी गरेको छ ।

चैत्र ४ गते जारी गरिएको एक पत्रमा थाहा नगरपालिकाले चन्द्रागिरि हिल्स प्रा.लि. द्वारा उक्त पदमार्गको प्रयोग गर्ने पैदल यात्रीहरूबाट शुल्क लिइरहेको बारेमा जनगुनासो प्राप्त भएको उल्लेख गरेको छ । यसै आधारमा थाहा नगरपालिका वडा नं ९ कार्यालयले स्पष्टसँग भनिएको छ कि चन्द्रागिरि हिल्स लिमिटेडसँग उक्त शुल्क उठाउने विषयमा कुनै पनि सहमति छैन र यस कार्यलाई तुरुन्त रोक्न निर्देशन दिएको छ । पत्रमा उल्लेख गरिएको छ कि चन्द्रागिरि हिल्स प्रा.लि. द्वारा चेकप्वाइन्ट राखी पैदल यात्रिबाट १ सय रुपैयाँ शुल्क लिइरहेको भनि सामाजिक सञ्जालमा विरोध भएको थियो । शुल्क उठाउने विषयमा वडा नं ९ कार्यालयले चन्द्रागिरि हिल्स लिमिटेड र थाहा नगरपालिका वडा कार्यालय वा वडा अध्यक्षबीच कुनै पनि सहमति नभएको स्पष्ट पारेको छ ।




त्यसैगरी चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकाको सीमानामा रहेको भन्ज्याङ्ग हुँदै भालेश्वर मन्दिर जाने प्राचीन पदमार्ग अन्तर्गतको राष्ट्रिय वनमा चेकप्वाइन्ट राखी भालेश्वर मन्दिरसम्म पुग्ने प्रत्येक पैदल यात्री बराबर १ सय रुपैयाँ शुल्क लिइरहेको विषयलाई लिएर चौतर्फी आलोचना भएपछि चन्द्रागिरि नगरपालिका वडा नं ४ को कार्यालय थानकोटले पनि शुल्क उठाउने कार्य तत्काल रोक्न पत्र काटेको छ ।

थाहा नगरपालिकाले चन्द्रागिरि हिल्स प्रा.लि.लाई आदेश दिएको छ कि उक्त पदमार्गको प्रयोग गर्न चाहने पैदल यात्रीहरूलाई कुनै प्रकारको रोकावट नगर्न र चेकप्वाइन्टमा राखिएको सामाग्रीलाई ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
यस घटनामा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय वन उपभोक्ता समिति र स्थानीय जनप्रतिनिधिहरूलाई प्रभावमा पारेर उक्त वन क्षेत्रको स्वामित्व कब्जा गर्ने प्रयास गरिरहेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
प्राचीन पदमार्गको महत्व र विवाद
प्राचीन समयदेखि भालेश्वर मन्दिर जाने यो पदमार्ग स्थानीय बासिन्दा र भक्तजनहरूको लागि एक महत्वपूर्ण यात्रा मार्गको रूपमा रहेको छ । त्यही कारणले यस मार्गमा कुनै प्रकारको शुल्क वा रोकावट लगाउनुले धार्मिक आस्थामा विश्वास राख्ने समुदायको असन्तोषलाई निम्त्याएको छ । स्थानीयका अनुसार चन्द्रागिरि हिल्स लिमिटेडले आफ्नो स्वार्थका लागि यस प्राचीन मार्गको स्वामित्वको दाबी गर्दै अनावश्यक शुल्क र व्यवस्थापन लागू गरेको छ । जसले स्थानीय जनताको लागि थप समस्या र तनाव सिर्जना गरेको छ ।
यस घटनामा थाहा नगरपालिकाले चन्द्रागिरि हिल्स लिमिटेडलाई छानबिन गरी उचित कदम चाल्नका लागि निर्देशन दिएको छ भने स्थानीय जनताको चासो र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्नमा जोड दिएको छ । यस घटनाले चन्द्रागिरि हिल्स प्रा.लि.को गतिविधिहरू र पदमार्गको प्रयोगसँग सम्बन्धित विवादलाई उजागर गरेको छ । थाहा नगरपालिका र स्थानीय बासिन्दाहरूको गम्भीर आपत्ति र निर्देशनले यस विवादको समाधानको दिशा तय गर्नेछ । चन्द्रागिरि हिल्स लिमिटेडलाई तत्काल शुल्क उठाउने कार्य बन्द गर्न र उक्त मार्गको स्वतन्त्र रुपमा प्रयोग सुनिश्चित गर्न कडा निर्देशन जारी गरिएको छ । जसले स्थानीय समुदायको विश्वास पुनःस्थापना गर्न मद्दत पुगेको छ ।
चन्द्रागिरि हिल्सले नेपाल सरकारसँग ३६ हेक्टर वन लिजमा लिएर ५ हेक्टरमा मात्र संरचना बनाउने भनि सम्झौता भएपनि लगभग ४७ हेक्टर वन ओगटेर आफ्नो मनलाग्दी ढंगले संरचना बनाउँदै आएको छ । हिल्सको मनलाग्दी र हेपाहा प्रविधिमा स्थानीयले चौतर्फी विरोध गरेपनि तीनै तहको सरकार भने मुकदर्शक बनेर बनेको छ । कोही पनि बोल्ने आट नै गरेका छैनन् । यसको मतलब हिल्सले यी सबैलाई राम्रै प्रभावमा पारेको स्पष्ट हुन्छ । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले यो जनताको आवाजलाई वेवास्ता गर्दै जाने हो भने जनताले हेर्ने दृष्टिकोण फरक हुन सक्छ । त्यसैले सबैले यस विषयमा ध्यान पुर्याउन जरुरी छ ।
लिए पनि ४७ हेक्टर वन ओगटेर आफ्नो संरचना हडपेको छ भने ५ हेक्टरमा बनाउनुपर्ने भौतिक सरचना पनि दोब्बरमा बनाएर मापदण्ड बिपरित काम भएको छ । स्थानिय कर तिर्नु नपर्ने भनेर चन्द्रागिरि नगरले लालमोहोर लगाइदिएको छ ।



