काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा आज जनप्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले ¥यालीसहित शान्तिबाटिकाबाट भृकुटीमण्डपमा प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपमा आयोजित सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरुले सम्बोधन गरेका छन् । गत भदौमा भएको जेजनी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यले नेकपाले प्रदर्शन आयोजना गरेको जनाएको छ ।






