भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार तीन वटा शव फेला परेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेका हुन् ।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुइ वटा सग्लो शव र एउटा मानव अङ्ग भेटिएको जानकारी दिए । उनका अनुसार सुरुङको ७० मिटर भित्र छिरेर गोताखोरले ती शव निकालेका छन् । गत भदौ १० गते आएको बाढीले चिलिमेसहित रसुवा र नुवाकोटका विभिन्न हाइड्रोमा क्षति पुर्याएको थियो ।






