पर्सा । वीरगञ्ज महानगरले अत्याधिक चिसो बढेसँगै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
महानगरको शिक्षा शाखाले जारी गरेको सूचनामा संस्थागत विद्यालयलाई तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।



त्यसैगरी पर्सागढी नगरपालिकाले गत पुस २१ गते सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको थियो ।



