काठमाडौं । विशेष अदालतले कर फस्र्याेट आयोगका तत्कालीन पदाधिकारी चूडामणि शर्मासहित तीन जनालाई ९ वर्षको कैद सजाय सुनाएको छ ।
आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको हो । शर्मा आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक थिए । अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शर्मासहित तीन जनालाई सजाय तोकेको हो । अदालतले यसअघि नै उनीहरु माथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । राजश्व चुहावटको मुद्दामा बिगोको दोब्बर सजाय भएकाले १२ अर्ब ३१ करोड ४० लाख ९३ हजार ६९४ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।






