काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ चेकपोष्टस्थित दाउराडिपो नजिकै सवारी दुर्घटना भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

ग १ ख ९४८२ नम्बरको हाइसले रोकिराखेको आरजे जीसी ९६१५ नम्बरको भारतीय गाडीलाई पछाडीबाट ठक्कर दिएको हो । दुर्घटनामा हाइसको अगाडीको भाग पूर्णरुपमा क्षति पुगेको छ । हाइसमा अगाडी बसेका दुई जना घाइते भएका छन् भने अन्य व्यक्ति सकुसल रहेका छन् । घाइते दुई जनालाई उपचारको लागि अस्पताल लगिएको छ भने दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विस्तृत विवरण नआइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय