जिल्ला सदरमुकामबाट उत्तरी भेगलाई जोड्ने चैनपुर-ताक्लाकोट सडक खण्ड भासिएपछि बिहीबार बिहानदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। तलकोट गाउँपालिका-१, सुनिकोट मा पक्की सडकको ठूलो भाग भासिएपछि बझाङ सदरमुकामबाट उत्तरतर्फ चल्ने सबै सवारी साधन ठप्प भएका छन्।
पक्की सडक यसरी भासिएपछि नजिकै रहेका केही घरहरू पनि उच्च जोखिममा परेका छन्। सडकको कटानले गर्दा बस्तीमा थप क्षति पुग्न सक्ने खतरा बढेको छ।



सडक अवरुद्ध भएपछि उत्तरी भेगका सर्वसाधारण र व्यवसायी मारमा परेका छन्। कार्यालय प्रमुख यादवका अनुसार भासिएको सडकलाई तत्काल मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याउन काम सुरु भइसकेको छ।



