सल्यान । विहानैदेखि लगातारको वर्षासँगै खसेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा पहिरो खस्दा सडक हिलाम्मे बनेको र त्यसै स्थानमा ट्रिपर फसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको हो ।

सडक अवरुद्ध हुँदा विकल्पको रूपमा प्रयोग हुँदै आएको वैकल्पिक मार्गहरू समेत वर्षाका कारण संचालन नहुँदा यात्रुहरू थप समस्यामा परेका छन् । दैनिकजसो पहिरो जाँदा राजमार्ग अबरुद्ध हुँदा यात्रुहरू निरन्तर सास्ती खेप्न बाध्य छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले चोरखोलामा फसेको ट्रिपर हटाउन डोजर परिचालन गरिरहे पनि गाडी नहटेसम्म पहिरो हटाउन कठिन भइरहेको जनाएको छ ।

लगातारको भीषण वर्षाले माथिबाट ढुंगा र माटो खसिरहेको हुँदा पहिरो हटाउन कठिनाई भइरहेको छ । प्रहरीले कपुरकोट आसपासका क्षेत्रमा वर्षाका कारण पहिरोको जोखिम अत्याधिक बढेकाले अत्यावश्यक काम बाहेक सडक प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय