काठमाडौं । चन्द्रागिरि नगरपालिकाले निर्माण गर्न लागेको १५ शैंयाको नगर अस्पतालको काम सुरु भएको छ । स्वास्थ्य सुबिधामा नगरबासीको सहज पहुँच पुर्याउने उद्देश्यले अस्पताल निर्माण हुन लागेको हो । अस्पताल निर्माणको सम्झौंता भएको १० महिना पछि बल्ल निर्माण कम्पनी एम.ए. कन्स्ट्रक्सन प्रालीले काम सुरु गरेको हो ।
अस्पताल निर्माणको पहिलो चरणमा पाइलिङको काम भइरहेको र माथिल्लोे भौगोलिक संरचनामा अनुसार तह मिलाउनु पर्ने भएकाले पर्खाल लगाई माटो फिलिङ गरेपछि मात्रै जग खन्ने काम हुने कन्स्ट्रक्सन प्रालीले जानकारी दिएको छ । २०८२ असार २० गते सम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने अस्पतालको कामभने ढिलो गरि सुरु भएको हो ।



चन्द्रागिरि नगरपालिकाले वडा नम्वर–४ थानकोट गोदामचौरमा रहेको २३ रोपनी जग्गामा नगर अस्पताल निर्माण गर्ने भनि २०७९ फागुन २१ गते बोलपत्र आह्वान गरिएको थियो । २०८० असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनी एम.ए. कन्स्ट्रक्सन प्रालीबीच दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्वीपक्षीय सम्झौता भएको थियो । सम्झौता भएको ७ महिनापछि २०८० माघ ३ गते नगर अस्पतालको शिलान्यास भएको र २०८१ बैशाख महिना सम्म पनि निर्माण सुरु नभएपछि नगरपालिकाले चौतर्फी आलोचन खेप्नु परेको थियो ।
OURNEWSCREW.COM ले अस्पताल निर्माणमा ढिलाइ भइरहेको विषय प्राथमिकताका साथ उठाएपछि नगरपालिकाले निर्माण सुरु नगरे ठेक्का रद्ध गर्ने सम्मको चेतावनी कन्स्ट्रक्सन प्रालीलाइ दिएको थियो ।
नगरपालिकाले तत्काल काम सुरु गर्न र २०८१ असार मसान्त भित्र डिपिसी सम्मको काम गर्न कन्स्ट्रक्सन प्रालीलाइ दवाब दिएको हो ।



