नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार दिउँसो कार्यकर्ताबीच तनावपूर्ण स्थिति उत्पन्न भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्न कार्यालय पुगेका बेला अवस्था हातहालाहालसम्म पुगेको थियो। असन्तुष्ट समूहले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर प्रतिनिधि छनोटमा देखिएको अनियमितता र प्रक्रियागत कमजोरीबारे गुनासो राखिरहेका थिए। तर त्यही क्रममा च्यासल परिसरमा उपस्थित अर्को समूहसँग ती कार्यकर्ताको वाकयुद्ध शुरू भएर स्थिति झडपमा बदलिएको हो।

आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने एमाले महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट भइसकेको भए पनि, महासंघका केही नेताको भनाइमा लोकतान्त्रिक प्रक्रिया नअपनाई प्रतिनिधि तय गरिएको भन्दै उनीहरू च्यासल आएका थिए। उनीहरूले डेढ वर्षदेखि संगठनभित्र विधि पालना नभएको दाबी गर्दै कडा आपत्ति जनाएका थिए। घटनापछि कार्यालय परिसरमा केही समय तनाव चर्किए पनि सुरक्षा व्यवस्था कडा बनाएपछि अवस्था नियन्त्रणमा आएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय