काठमाडौं । मिथिलाञ्चलमा छठ पर्व मनाउनेको भीड लागेको छ । छठको अवसरमा जनकपुरधामका नदीहरुमा बिहानैदेखि भीड लागेको हो ।
छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउँदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगासागर, धनुषसागर, रुक्मीणी सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरीसहितका पोखरीहरु पूजाको लागि विशेष रुपले सज्जिएको छ ।



त्यसैगरी महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवलाई पराजित गर्नका लागि सूर्य देवको उपासना गरी छठ पर्व मनाएको पौराणिक कालमा उल्लेख रहेको छ ।
छठको व्रत बस्नाले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जनविश्वासको साथ छठ पर्व मनाउने गरिन्छ ।



