मुगु । विश्वका चारधाममध्ये एक मानिने छायानाथ धामको तीर्थयात्रा सुरु भएको छ। श्रावण शुक्लपक्षको अष्टमीका दिन चैन गाउँको छायानाथ मन्दिरबाट शिवजीको मूर्तिलाई मुगुमकामरोङ गाउँपालिकामा रहेको पवित्र छायानाथ धाममा लगेपछि यो यात्रा सुरु भएको हो।

प्रत्येक वर्ष जनैपूर्णिमासम्म शिवजीको मूर्तिलाई धाममा राखिन्छ, जहाँ मुगुसहित १५ जिल्लाका धामीझाँक्री र तीर्थालुहरू दर्शनका लागि आउँछन्। जनैपूर्णिमामा पाँच दिनसम्म पूजापाठ, होम र व्रत हुने गर्दछ। तीर्थालुहरूले यहाँ श्राद्ध, व्रतबन्ध र वरदान माग्ने गर्छन्। पौराणिक मान्यताअनुसार, महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएकोले यो ठाउँलाई तीर्थस्थल मानिएको हो।

यसैबीच, भोलि (नवमीका दिन) अर्को धार्मिकस्थल ऋणमोक्ष मन्दिरमा पनि छायानाथ मन्दिरको अर्को मूर्ति लिएर तीर्थालुहरू जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय