सुर्खेतको भेरीगंगा नगरपालिका–१०, राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ। सडक किनारमा रातो प्लास्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रकाश के।सी।ले जानकारी दिएका छन्। उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा सुरक्षा घेरा बनाएर सर्वसाधारणको आवतजावत रोकिएको छ।

प्रहरीले शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय गरेको जनाएको छ। सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आवश्यक जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय