काठमाडौं । चन्द्रागिरि नगरपालिकाको शिक्षा युवा तथा खेलुकद शाखाले आयोजना गरेको छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मंसिर २३ गतेसम्म १८८ वटा पदक माथि कब्जा भइसकेको छ ।



२०८२ मंसिर १९ गतेबाट सुरुभएको रनिङ शिल्ड प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत, ८० कास्य गरी १८८ वटा पदकमा खेलाईएको खेलमा ३९ स्वर्ण, ३८ रजत, ६१ कास्य गरेर १३८ वटा पदक खेलाडीले आफ्नो कब्जामा पारिसकेका छन् ।
प्रतियोगितामा सहभागी ४७ विद्यालय मध्ये मंगलबारसम्म सबैभन्दा बढी चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा रहेको ब्राइट होराइजन चिल्ड्रेन्स स्कुलले ७ स्वर्ण, २ रजत, ३ कास्य गरेर १२ वटा पदक माथी आफ्नो कब्जा जमाउँदै पहिलो स्थान हात पारेको छ ।
१९ वटा सामुदायिक विद्यालय, संस्थागत २५ वटा र ३ वटा क्याम्पस गरेर प्रतियोगितामा २ हजार ७२ जना विद्यार्थी खेलाडी सहभागी छन् भने छात्र ११ सय ४८ र ९ सय २४ छात्रा रहेका छन् ।
प्रतियोगितामा अहिलेसम्म कबड्डी र मार्शल आर्टका खेल सम्पन्न भएका छन् ।



