काठमाडौं – राजधानीको जंगीअड्डामा बसेको जेनजी आन्दोलनसँग सम्बद्ध प्रतिनिधिहरूको छलफलमा नयाँ राजनीतिक व्यवस्थाबारे महत्वपूर्ण प्रस्ताव अघि आएको छ। बैठकले पूर्वप्रधानन्यायाधीश शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्न सकिने सुझाव दिएको छ। यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसम्म पुगेको छ। एक उच्च सैनिक अधिकारीका अनुसार, कार्कीको नाम अगाडि आएको भए पनि अन्य समूहसँग पनि निरन्तर संवाद भइरहेको छ। सेनाले यस विषयमा कार्कीसँग प्रत्यक्ष सम्वाद गर्ने तयारी गरिरहेको जनाएको छ।
हालको राजनीतिक अस्थिरता र बढ्दो जनआन्दोलनबीच नागरिक सरकार गठनको प्रस्तावलाई समाधान खोज्ने प्रयासका रुपमा हेरिएको छ। तर, यसबारे अन्तिम निष्कर्षमा पुग्न अझै थप छलफल आवश्यक रहेको सरोकारवालाहरूले बताउँदै आएका छन्।






