काठमाडौं । काठमाडौं जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा स्कुटरमा सवार दुई जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुर्घटनामा नवलपरासीको सुनवल नगरपालिका १ घर भई भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटरको पछाडि बस्ने काभ्रेपाञ्चोक पाँचखाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।



गएराति जडिबुटीमा रहेको आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको बसको पछाडीपट्टिको भागमा लु. ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।
बस चालक सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



