काठमाडौं । जनकपुर उपमहानगरपालिका रामानन्द चोकस्थित बिग मार्टमा आगलागी भएको छ । हिजोरातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगो निभाउन ५ वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।






