महोत्तरीको पिपरा गाउँपालिका र महोत्तरी गाउँपालिका जोड्ने हुलाकी राजमार्गको जनकपुर भिठामोड सकडको पिपरा पर्सा खण्डमा रहेको बिग्ही पुल (कुटमेश्वरी) को डाईभर्सन वर्षाको पानीले बगाउँदा यातायात पूर्ण अवरुद्ध हुन पुगेको छ । राती परेको पानीले नदीको डाईभर्सनको माटो बगाउँदा यातायात अवरुद्ध भएको हो । बाटोको दुई तिर सयौं गाडीहरु बाटो खुल्ने प्रतिक्षामा रहेपनि अझै नदीमा पानी बढी भएकोले तत्काल डाईभर्सन मर्मतको अवस्था देखिदैन । प्राविधिकहरुले हाल माटो संकलन गरिरहेको र पानी कम भएपछि काम सुरु गर्ने बताएका छन् ।

गत वर्ष देखि सोही ठाउँमा नयाँ पुल निर्माणको काम भइरहँदा पुरानो पुलको बाटो बन्द गरेर नयाँ डाईभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । तथापी राती परेको पानीले डाईभर्सन र पुरानो पुलको समेत माटो बनाउँदा हुलाकी मार्ग भएर सवारीहरु आवत जावत गर्ने अवस्था छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय