काठमाडौं । विगत एक सातासम्म अशान्त बनेको तराई–मधेशका विभिन्न ठाउँको जनजीवन सामान्य बन्न थालेपछि कर्फ्यु र निषेधाज्ञा हटाउन थालिएको छ ।

सिरहाको गोलबजार क्षेत्रमा लाग्दै आएको कर्फ्यु आइतबार बेलुकीबाट हटाइएको छ । सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा लगाइएको निषेधाज्ञा सोमबारबाट हटाइएको छ ।

आन्दोलनरत पक्षले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको प्रशासनले जनाएको छ । निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

यस्तै सप्तरीमा गत बिहीवार रातिदेखि लगाइएको कर्फ्युआइतबार दिउँसोदेखि हटाएर निषेधाज्ञा लगाइएको छ । बोदे बरसाइन र राजविराज क्षेत्रमा लगाइएको कर्फ्यु हटाई त्यस क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा लगाइएको हो ।

सुनसरीको देवानगञ्ज, भोक्राह नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा पनि आज बिहान १० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । स्थिति सामान्य हुन थालेकाले निषेधाज्ञा क्रमशः हटाउने सप्तरी र सुनसरी प्रशासनले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय