सुनसरी । सुनसरीको जनता बहुमुखी क्याम्पस र भारतका दुई विश्वविद्यालयबीच पाँचवर्षे शैक्षिक सम्झौता भएको छ ।
भारत हरियाणास्थित बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानस्थित श्री जेजेटी विश्वविद्यालयसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले औपचारिक शैक्षिक सम्झौता भएको जनता बहुमुखी क्याम्पसले जनाएको हो ।



सम्झौतामा विद्यार्थी र प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान परियोजना, अन्तर्राष्ट्रिय सेमिनार तथा कार्यशाला, सांस्कृतिक तथा सामाजिक सहकार्यलगायत क्षेत्रलाई समेटिएको छ ।
श्री जेजेटी विश्वविद्यालयसँग भएको सम्झौतामा संयुक्त अनुसन्धान तथा प्रकाशन, युथ इनोभेसन समिट, पाठ्यक्रम सुधार, सांस्कृतिक तथा शैक्षिक सहकार्य, दिगो विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।



