काठमाडौं । जलवायु सचेतनाका लागि नेपाली कांग्रेसको ‘ग्रीन रन’ नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ ।
बुधबार बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापासहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।



जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘ग्रीन रन’ आयोजना गरेको हो ।



