काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जनाएको छ ।
यस वर्ष नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको विभागले एक ‘बुलेटिन’ जारी गरी जनाएको छ ।



मनसुनी वायु कमजोर हुँदै गईरहेकोले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।



