काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले चिकित्सा ऐन संशोधन नरोकिने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले देशको आर्थिक समृद्धिका लागि पनि चिकित्सा ऐन संशोधन हुनुपर्ने बताएका हुन् । अभियन्ता डा. गोविन्द केसीको अनशनले पनि चिकित्सा ऐन संशोधन नरोकिने मन्त्री बस्नेतको दाबी छ । अहिले चिकित्सा तथा नर्सिङ शिक्षा अध्ययनका लागि लाखौं विद्यार्थी देशबाहिर जानुपर्ने आवश्यकता रोक्न पनि ऐन संशोधन जरुरी रहेको मन्त्री बस्नेतको तर्क छ । के ले देशको हित गर्छ ? भनेर अब जनताले पनि बुझ्नुपर्ने भन्दै मन्त्री बस्नेतले अब पनि विगतका गल्ती दोहो¥याएर विद्यार्थी अध्ययनका लागि बाहिर पठाइरहने हो ? भन्दै प्रतिप्रश्न गरे । उनले अब जसले विरोध गरे पनि गलतलाई गलत हो भन्न सक्नुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले नेपालमा रहेका सरकारी अस्पतालहरुको स्तरवृद्धि गराउँदै नर्सिङ र चिकित्साविज्ञान पढाउने नीति सरकारले अवलम्बन गर्न लागेको पनि जानकारी दिए । उनले देशैभरका सरकारी अस्पतालमा आवश्यक कर्मचारी दरबन्दीको व्यवस्था मिलाउने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय