कतै जंगली च्याउ खाएर मानिस बेहोस भएको खवर टेलिभिजन रेडियो र पत्रपत्रिकाहरुमा सुन्न र पढ्न पाईन्छ भने कतै जंगली च्याउ खाएर मानिसको मृत्यु भएको दुखद खबर पढ्न र सुन्न पाईन्छ तर सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी ७ नयाँ बजारमा शनिबार लाग्ने साप्ताहिक हाटमा भने जंगली च्याउ किन्ने र बेच्नेको ठुलै भिड देख्न पाईन्छ ।
यो सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी ७ नयाँ बजारमा लाग्ने साप्ताहिक हाटको दृष्य हो । यहाँ प्रत्यक साता शनिबारको दिन साप्ताहिक रुपमा बजार लाग्ने गर्छ । यो बजारमा कृषकहरुले कडा परिश्रम गरी पसिना बगाएर उत्पादन गरेको मौसम अनुसारको फलफुल मौसम अनुसारको सागसब्जी,तरकारीहरु ब्यापारी तथा कृषकहरुले बेच्न ल्याउने गर्दछ तर केहि ग्रामिण भेगको मानिस भने बर्षा याममा बर्षा सगै जंगलमा उम्रने जंगली च्याउ संकलन गरी यहि साप्ताहिक हाटमा विक्री गर्न ल्याउछन र च्याउ बेचेको पैसाले अन्य घरायसी खर्च टार्छन ।



बिशेष गरी असार श्रावण र भाद्र महिनामा पाईने यि च्याउहरु विभिन्न किसिमको हुन्छन स्थानि भाषामा पहेलो रातो थासिङ जस्ता नामले चिनिन्छ । पहेलो र थासिङ च्याउ पाथीको ३ सय पचास देखि ४ सय पचास सम्म र रातो च्याउ ८ सय देखि एक सय हजार प्रति किलो सम्ममा विक्री वितरण हुने च्याउ ब्यापारीहरु बताउछन ।
यि जंगली च्याउ खादाँ मानिस मर्दैन त भन्ने प्रश्नमा च्याउ ब्यापारीहरु निर्धक्क साथ अहिले सम्म धेरै बर्ष भयो च्याउ बेचेको सोलुखुम्बु जिल्लामा कोहि मानिस च्याउ खाएर मरेको बिमारी परेको भन्ने सुनेको छैन बरु औषधी पो हुन्छन् भन्छन् यता च्याउ पारखिहरु ढूक्कका साथ च्याउ किनेर तरकारीको रुपमा मिठोमानि मानि खाने गर्दछन् भने कोशेलीको रुपमा आफन्तहरुलाई काठमाडौ र सुकाएर विदेश सम्म पठाउने गरेको पाईन्छ । सोलुखुम्बु जिल्लाको उच्च भागको जंगलहरुमा यी च्याउहरु पाईने हुदाँ च्याउ संकलन गर्न जादाँ जुका लाग्ने बाघ भालुको पनि उतिकै जोखिम मोल्न पर्ने च्याउ ब्यापारीहरु बताउछन ।



