काठमाडौं – काठमाडौं महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माण प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाले निवासस्थान निर्माणका लागि शिलान्यास गरेको हो। मंसिर ५ गते महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको ब्रह्मस्थानमा जगपूजा गर्दै भवनको शिलान्यास गर्नुभयो। शिलान्यास कार्यक्रममा वडा नं। २४ का अध्यक्ष एवं हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक विनोदकुमार राजभण्डारीले उत्तर–पूर्व कोणमा, वडा नं। २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले दक्षिण–पूर्व कोणमा जगपूजा तथा शिलान्यास गर्नुभयो।

त्यसैगरी वडा नं. १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले उत्तर–पश्चिम कोणमा र वडा नं। २० का अध्यक्ष राजेन्द्र मानन्धरले दक्षिण–पश्चिम कोणमा जगपूजा तथा शिलान्यास गर्नुभएको थियो।महानगरपालिकाका अनुसार श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागत अनुमान गरिएको छ। जीवित देवताका रूपमा पुजिँदै आएका श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणले काठमाडौंको मौलिक धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्पराको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय