काठमाडौं । जेनजीको आन्दोलनपछि बन्द रहेको शैक्षिक संस्था खुलेको छ । आन्दोलनको क्रममा भौतिक रूपमा क्षति भएका बाहेकका विद्यालय तथा क्याम्पसहरुमा आजबाट नियमति पठनपाठन हुन लागिएको हो ।
काठमाडौं महानगरपालिकाले विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ ।



विद्यालयमा कुनै क्षति भए÷नभएको एकीन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ ।



