ललितपुर, भदौ २१ — सामाजिक सञ्जालमा चर्चामा रहेको ‘नेपो बेबी’ ट्रेन्ड र त्यससँगै जेनजी पुस्ताले घोषणा गरेको सडक प्रदर्शनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताप्रति आफ्नो धारणा व्यक्त गरेका छन्। एमालेको दोस्रो विधान महाधिवेशन सकिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेनजी पुस्ता विधि, कानुन र राष्ट्रिय हितबारे सजग रहेको विश्वास आफूले राख्ने बताए। उनका अनुसार नयाँ पुस्ताले आफ्ना विचार प्रकट गर्न पाउनु लोकतान्त्रिक प्रक्रियाको हिस्सा हो।

यद्यपि, पछिल्ला दिनहरूमा सरकारद्वारा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय विवादमा परेको छ। आलोचकहरूले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भएको भन्दै विरोध जनाइरहेका छन्। तर प्रधानमन्त्रीले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको नियत नभएको स्पष्ट पार्दै, दर्ता प्रक्रिया मात्रै अघि बढाइएको तर्क गरेका छन्।

सरकारले एक साताको म्याद दिएर फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा दर्ता गर्न आह्वान गरेको थियो। म्याद सकिएपछि सेवा प्रदायकहरूलाई ती सञ्जालको पहुँच रोक्न निर्देशन दिइएको हो। यस निर्णयविरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ता र विशेष गरी जेनजी पुस्ताको असन्तुष्टि चुलिएको छ, जसका कारण केही समूहहरूले सडक आन्दोलनको तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय