लुम्बिनी प्रदेश, भैरहवा -गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सुशासनको आधार बलियो बनाउँदै छिटो भन्दा छिटो निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनु भएको छ। मंगलबार भैरहवामा लुम्बिनी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उहाले सरकार गठन भएको चुनौतीपूर्ण परिस्थितिबारे स्मरण गर्दै अहिले मुलुकको सुरक्षा अवस्था सामान्य अवस्थामा पुगेको दाबी गर्नुभयो

‘जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा सरकार बनेको हो,’ उहाले ‘त्यो त्रासदीपूर्ण अवस्थालाई पार गर्दै सरकारले अहिले सुरक्षा स्थायित्व कायम गर्न सफल भएको बताउनु भयो। गृहमन्त्री अर्यालका अनुसार आगामी निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ। उहाले विभिन्न बहाना दिएर चुनाव हुन नसक्ने भन्ने चिन्ताहरू असार्वजनिक प्रचार मात्रै भएको उल्लेख गर्दै, ‘सरकारले आफ्नो काम र भूमिकाले नै त्यसको जवाफ दिइरहेको छ, भन्नुभयो ।

उनले वर्तमान सरकार कसैको इच्छामा वा निगाहामा नभई देशको विशेष परिस्थितिमा जिम्मेवारी बोक्न बाध्य भएर बनेको पनि स्पष्ट पार्नुभयो । ‘हामी कुनै व्यक्तिगत चाहनाले आएका होइनौं,’ गृहमन्त्रीले भने, ‘अवस्थित शून्यतालाई पूरा गर्न परिस्थितिले हामीलाई विशेष जिम्मेवारी दिएको हो।’ गृहमन्त्रीका अनुसार सरकारको मुख्य लक्ष्य सुशासनको आधार मजबुत बनाउँदै आगामी निर्वाचन समयमै सम्पन्न गर्ने र त्यसपछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने रहेको छ।

सुरक्षा गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, रणनीति निर्धारण र निर्वाचन पूर्व–पश्चात आवश्यक तयारीका विषयमा छलफल भइरहेको उहाले बताउनु भयो। गोष्ठीमा गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीलगायत उच्च सुरक्षाधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय