काठमाडौं । जेनजी आन्दोलनको ठूलो असर मूलुकको अर्थतन्त्रमा परेको छ । विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर पहिले अनुमान गरेभन्दा आधा पनि नहुने प्रक्षेपण गरेको छ ।

बैंकले आज सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा सीमित हुनेछ । गत अप्रिलमा विश्व बैंकले यो वर्ष ५.२ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको थियो । हालै भएको जेनजी आन्दोलन र त्यसले सिर्जना गरेको राजनीतिक अनिश्चितताका कारण आर्थिक बृद्धिदरको प्रक्षेपण घटाइएको विश्व बैंकले जनाएको छ । शासन प्रणाली प्रतिको असन्तुष्टि र मुलुकभित्र अवसरको अभावका कारण जेनजीको प्रदर्शन भएको विश्व बैंकले उल्लेख गरेको छ ।

२०२५ मा नेपालमा बृद्धिदर ४.६ प्रतिशत पुग्ने अपेक्षा गरिएको थियो भने सन् २०२७ मा ४.७ प्रतिशतसम्म उक्लिने देखिन्छ । दक्षिण एशियाका अन्य मुलुकसँग तुलना गर्दा नेपालको बृद्धि कमजोर देखिएको छ । सन् २०२६ मा भारत ६.५ प्रतिशत, भुटान ७.३ प्रतिशत, बंगलादेश ४.८ प्रतिशत, श्रीलंका ३.५ प्रतिशत र माल्दिभ्स ३.९ प्रतिशतले बृद्धि गर्ने अनुमान छ । कमजोर निजी लगानी, राजस्व संकलनको कमजोरी, राजनीतिक अनिश्चितता र जेनजी आन्दोलनपछि उद्योग व्यवसायमा क्षति जस्ता कारणले दीर्घकालीन विकास प्रभावित हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय