भक्तपुर, असोज १० — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार संविधान र जनमतको माध्यमबाट नभई तोडफोड र आगजनीको बाटो भएर बनेको आरोप लगाएका छन्। शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालद्वारा आयोजित खुला भेटघाट कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको वैधतामाथि प्रश्न उठाएका हुन्। यो जेन—जी भनिने सरकार संवैधानिक बाटो र जनताको अभिमतबाट बनेको होइन, उनले भने,यो तोडफोड र आगजनीको माध्यमबाट बनेको हो।
ओलीले आफ्नो कार्यकालमा सुशासनको पक्षमा काम गरेको दाबी गर्दै हालको सरकारलाई त्यसको रेकर्ड सार्वजनिक गर्न चुनौती दिए। मैले बोलेका अभिव्यक्तिहरु, कर्मचारी र प्रहरीलाई दिएको निर्देशन, र गरेका कामहरु रेकर्डमा छन्, उनले भने, सरकारले ती सबै कुरा प्रकाशित गरेर जनतामाझ ल्याओस्।अध्यक्ष ओलीले आफूहरू पारदर्शिता, सुशासन र कानुनी राज्यको पक्षमा रहेको उल्लेख गर्दै कुनै पनि षड्यन्त्र नगर्ने स्पष्ट पारे। हामी छलछाम र षड्यन्त्र होइन, पारदर्शी ढंगले अघि बढ्छौं, उनले थपे।



कार्यक्रममा सहभागी युवाहरूसँग खुला संवाद गर्दै ओलीले वर्तमान सरकार जनताको समस्या समाधान गर्न असफल भएको र जनता भ्रममा परेको दाबी पनि गरेका थिए।



