काठमाडौँ — सोमबार राजधानीसहित देशका विभिन्न सहरमा भएको हिंसात्मक घटनापछि जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनले नयाँ मोड लिएको छ। सुरुमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध केन्द्रित आन्दोलन अहिले सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूको राजीनामा, आन्दोलनका क्रममा गोली चलाउन आदेश दिनेहरूमाथि कानुनी कारबाही र युवाले नेतृत्व गर्ने अन्तरिम सरकारको मागसम्म पुगेको छ।

‘हामी नेपाली’ समूहको घोषणा

आन्दोलनलाई समन्वय गरिरहेको ‘हामी नेपाली’ समूहले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “यो अब केवल भ्रष्टाचारविरुद्धको मात्र आन्दोलन होइन, ८ सेप्टेम्बर २०२५ मा ज्यान गुमाएका निर्दोष नागरिकहरूको न्यायको सवाल हो। नागरिकलाई जोगाउन असफल भएको सरकारले शासन गर्ने नैतिक आधार गुमाइसकेको छ।”

चार प्रमुख माग

घोषणामा चारवटा स्पष्ट माग राखिएका छन

संघीय सरकारको तत्काल राजीनामा

सबै प्रदेश सरकारका मन्त्रीहरूको सामूहिक राजीनामा

आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने जिम्मेवारहरूमाथि कठोर कानुनी कारबाही

युवाले नेतृत्व गर्ने, न्यायपूर्ण र जवाफदेही अन्तरिम सरकारको गठन

नेतृत्वको सवाल

सामाजिक सञ्जालमा युवाहरूले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई आन्दोलनको नेतृत्व गर्न आह्वान गरिरहेका छन्। ‘हामी नेपाली’ समूहले पनि आवश्यक परिस्थिति आएमा उनलाई नेतृत्वका लागि अनुरोध गर्ने संकेत गरेको छ। घोषणामा आन्दोलनलाई दबाउने प्रयास नगर्न चेतावनी दिइएको छ। समूहले यसलाई केवल माग मात्र नभई “पुस्ताको आवाज” भएको दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय