नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हालको जेन–जी आन्दोलनमा न्यायालयमाथि आक्रमण हुनु सामान्य घटना नभई नेपालको कानुनी व्यवस्था खल्बल्याउने षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ।

प्रेस चौतारी नेपाल दाङद्वारा घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले आन्दोलनमा उठाइएका मागहरू जायज भए पनि राष्ट्रविरोधी स्वार्थी तत्वहरूले घुसपैठ गरेर विध्वंसात्मक गतिविधि गरिरहेको आरोप लगाउनुभयो।

महासचिव पोखरेलले वर्तमान सरकारलाई एनजिओ र आइएनजिओको प्रभावमा रहेको भन्दै, सरकारले गैरसरकारी संस्थाहरूलाई आन्दोलनको स्टेकहोल्डर बनाएको र नेपालको संविधानले यस्तो अनुमति नदिएको दाबी गर्नुभयो।

उहाँले प्रहरीका हतियार लुटिनु र कैदीहरूको बाहिर हुनुले देशमा असुरक्षा बढाएको भन्दै, यसले आगामी चुनावमा त्रास फैलाउने पनि बताउनुभयो।

कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका सचिव निमु संगम घर्तीले गरेका थिए, अध्यक्षता संस्था अध्यक्ष सुधासुमन ढकालले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय