नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेन–जी आन्दोलनलाई प्रारम्भिक चरणमा समर्थनयोग्य मागसहित सुरु भए पनि पछि योजनाबद्ध षड्यन्त्रमा परिणत भएको आरोप लगाउनुभएको छ ।गृहजिल्ला सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उहाँले आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति, संवैधानिक संस्था र नेताहरूमाथि भएको आक्रमणलाई निन्दनीय बताउनु भएको छ ।
उहाँले नेपालको इतिहासमै पहिलो पटक चार घण्टाभित्र न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि संगठित माथिको हमला सामान्य असन्तोष नभइ ठूलो ग्रान्ड डिजाइन भएको बताउनु भयो ।भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने र सामाजिक सञ्जाल खुला गर्नुपर्ने प्रारम्भिक उद्देश्यलाई कांग्रेसले समर्थन गरेको स्पष्ट पार्दै, पछि देशविरोधी तत्त्वहरूले आन्दोलनलाई हिंसा र तोडफोडतर्फ मोडेको आरोप लगाउनुभयो ।उहाँले सुर्खेतमा आन्दोलनका क्रममा भएका आजगनी र तोडफोडको क्षतीको स्थलगत निरिक्षण गर्नुभएको छ ।






