काठमाडौं । लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै रोकिएका छन् ।

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली गत मंगलबारदेखि भन्सार कार्यालय न्हेचुङमै रोकिएका हुन् ।

कोरला नाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुस्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या परेको हुँदा दशैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने बताउनु भयो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दासमेत सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले पुल निर्माणका लागि वि.सं. २०७५ मा ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएपनि निर्माण कम्पनीले काम सम्पन्न नगर्दा आयोजनालाई दैनिक हर्जाना तिराए पनि काम अझै अघि नबढेको बताउँछन् ।

एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकोमा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय