प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व राजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर राजनितिमा आउन चुनौती दिएका छन् । आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संबिधान अनुसार चुनाव लड्ने अधिकार सबै नेपाली नागरिकलाई भएका कारण नागरिक भएर जनतामाझँ चुनाव लड्न चुनौती दिएका हुन् । ओलीले पुर्व राजाकै कारण अस्थिरता श्रृजना हुन थालेको बताए ।



आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेशसभालाई सम्बोधन गरे । ओलीले सम्बोधनका क्रममा सुदुरपश्चिमका बिभिन्न बिकासका बिषय उठान गरे । यसै क्रममा बोल्दै ओलीले संबिधान बिपरित गतिबिधि गर्ने छुट कसैलाई नरहेको बताए । पुर्व राजा ज्ञानेन्द्र शाहले देश सक्किनै लाग्यो अब मलाई सहयोग गर्नुस भनेको अर्थ के हो भन्दै ओलीले प्रश्न गरे ? संबिधान अनुसार ज्ञानेन्द्र शाह पुर्व राजा भएका कारण त्यही हैसियतमा बस्न उनले चुनौती दिए । यदी राजनितिनै गर्ने मन भए चुनाव लडेर आउन उनले सुझाव दिए । तर बिभिन्न संबिधान बिपरित अभिब्यक्ती दिएर नेपालमा अस्थिरता ननिम्त्याउन ओलीले चेतावनी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने समेत बताएका छन् । गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै प्रधानमनत्री ओलीले यो खुसीको कुरा भएको बताए । उनले नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बने दावी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई अपार सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रित गर्दै यसको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक रहेको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि २०७५ साल फागुन ८ गते प्रदेश सभाको तेस्रो अधिवेशन लाई सम्बोधन गरेका थिए ।



