काठमाडौं । सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आठौं वर्ष पुरा गरी नबौं वर्षमा प्रवेश गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा रहेको सिद्धिखर बहुउद्देश्यीय सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकसँग सिद्धिखर भन्दै ज्येष्ठ नागरिकलाई खाजाको व्यवस्था गरेको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा रहेको वनदेवी ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवा र ओम कारेश्वर ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवा साथै वडा ६ को गुमालचोकी ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाका ज्येष्ठ नागरिक करिब २ सय जनालाई सहकारीले खाजाको व्यवस्था गरेको थियो । सहकारीको जन्मदिनको अवसरमा संचालकहरु ज्येष्ठ नागरिकसँग रमाउँदै उहाँहरुको आर्शिवाद लिएका थिए ।

ज्येष्ठ नागरिकहरुले पनि सिद्धिखर सहकारीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । उहाँहरुले वडामा धेरै संघसंस्था रहेपनि पहिलो पटक ज्येष्ठ नागरिक कहाँ आएर सिद्धिखर सहकारीले आफ्नो खुशी बाँडेको भन्दै संस्थाले अझ प्रगतिको बाटोतर्फ लम्कियोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

सिद्धिखर बहुउद्देश्यीय सहकारीका अध्यक्ष श्रीराम लामिछानेले ज्येष्ठ नागरिक भनेको सबैका सम्मानित व्यक्ति भएकोले आज संस्थाको जन्मदिनमा बुबाआमासँग बसेर रमाउन पाउँदा यो क्षणलाई आफुले कहिल्यै विर्सन नसकिने उल्लेख गर्नुभयो । उहाँले जो व्यक्तिले ज्येष्ठ नागरिकलाई हेला गर्छ त्यो व्यक्ति सधै समाजवाट तिरस्कृत हुने गरेको र त्यस्ता व्यक्तिको कहिल्यै पनि भलो नभएको बताउनु भयो ।

यस्तै सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा संचालक समितिले संस्थाका विभिन्न समिति, उपसमिति र सल्लाहकारसँग शुभकामना आदान–प्रदान गरेको थियो । अध्यक्ष श्रीराम लामिछानेले समिति, उपसमिति, सल्लाहकार र बचतकर्ताहरुको निस्वार्थ साथ र सहयोगले संस्था आठौं वर्ष पुरा गरी नबौं वर्षमा पुग्न सफल भएको भन्दै अबका दिनमा पनि सबैको साथ र सहयोग पाउनेमा आफु विश्वस्थ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार, विभिन्न समिति, उपसमितिका पदाधिकारीहरुले सहकारीलाई अबका दिनमा नयाँ ढंगबाट अघि बढाउनु पर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय